काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।बैंकको शुुक्रबार बसेको सञ्चालक समितिको तीन सय ५७औं बैठकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर तथा तीन प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हालको चुक्ता पुँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८ मा १२ प्रतिशतबराबरको एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७रुपैयाँ बोनस सेयर तथा तीन प्रतिशतबराबरको ३९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँ मात्र नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने बैंकले जनाएको छ ।