काठमाडौं ।
सानिमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायण चौरसँगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकको मुख्य कार्यालयअगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयवासी, प्रहरीतथा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको थियो ।
बैंकका आनुसार यही मंसिर २६, शुक्रबार दिउँसो १ बजे देखि ३ बजेसम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद व्यक्त गरे । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।