काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ४२ लाख ७१ हजार ८७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुई करोड १४ लाख ६० हजार दुई सय २६ रुपैयाँ रहेको थियो । कम्पनीको हाल चुक्ता पुँजी भने एक अर्ब ४० करोड रुपैयाँ रहेको छ ।