वासिड.टन ।
विदाको सिजनमा अमेरिकीहरुले गर्ने खुद्रा वस्तुको किनमेल बढेको छ । रोयटर्सका अनुसार अक्टोबर ११ देखि डिसेम्बर २४ सम्मको विदाको सिजनमा खुद्रा बिक्री तीन प्रतिशतले बढेको मास्टरकार्डको एक रिपोर्टले देखाएको हो । शनिबार प्रकाशित रिपोर्टअनुसार महामारी जारी रहे पनि अनलाइन किनमेलले बिक्री बढेको देखिएको होा । अमेरिकी इकमर्सतर्फकोा बिक्री यो वर्ष विदाका बेला ४९ प्रतिशतले बढेको देखिएको छ । महामारीले क्रेता र बिक्रेता दुवै अनलाइन कारोबारमा रुपान्तरण भएका छन् ।
‘होलिडे शपिङ सिजन’मा केही निश्चित रिटेलरको वार्षिक बिक्रीले धेरै हिस्सा ओागट्छ तर स्वास्थ्य संकटका कारण वालमार्ट इन्क र टार्गेट कर्पलगायत धेरै रिटेलरले केही स्टोरहरुमा सीमित क्षमता भएकाले समस्या भोगेका छन् तर उनीहरुले विदाको लागि यसअघि नै तयारी भने गरेका थिए ।
यो वर्ष कुल रिटेल बिक्री १९.७ प्रतिशत भएको मास्टरकार्डको तथ्यांकले देखाएको छ । द नेशनल रिटेल फेडेरेसनले थ्यांक्स गिभिङ होलिडेको सप्ताहान्तमा अनलाइनमार्फत मात्रै किनमेल गर्ने मानिसहरुको संख्या पनि ४४ प्रतिशतले बढेको अनुमान गरेको छ । होम फर्निचर र फर्निसिङतर्फको रिटेल बिक्री दर पनि १६.२ प्रतिशतले बढेको रिपोर्टले देखाएको छ । यसबाहेक इलेक्ट्रोनिक्स र एप्लायन्सेसतर्फ ६ प्रतिशतले बिक्री बढेको छ ।