काठमाडौँ ।
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूले साक्को रिर्सोटमा छुुट पाउने भएका छन् । बैंक र साक्को रिसोर्टबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएपछि ग्राहकहरूले यस्तो छुुट पाउने भएका हुुन् । सम्झौतापश्चात् ग्राहकहरूले साक्को रिसोर्टको सेवाहरू उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छुट पाउनेछन् ।
साक्को रिसोर्टले काठमाडौं जिल्लाको साँखुबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । उक्त सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठकुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्तलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।