काठमाडौं ।
सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुवात गरेको छ । योसँगै बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङको सुुरुवात गर्ने बैंक बनेको छ । बैंकले ग्राहकहरूमा समानरूपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले २०७७ पुस १६ गतेदेखि आफ्नो मोबाइल बैंकिङ एप (सानिमा सजिलो ई–बैंकिङ अपग्रेड गरेको हो । सानिमा बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरू मोबाइल बैंकिङ एप वा वेब ब्राउजरमा चल्ने हुुँदा, मोबाइल फोन, ट्यावलेट, ल्यापटप र कम्युटरबाट पनि चलाउन सकिनेछ ।
नयाँ भर्सनको साथमा सानिमा बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ई–क्यास पठाउने र अन्य व्यक्तिहरूले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसँग मिटिङ तय गर्ने, बचत खातातथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ सेवाहरू सम्बन्धी सोधपुछ आदि, सेवाहरूको लाभ उठाउन सक्नेछन् । साथै खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्यूआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाताखोल्ने र अनलाइन भुक्तानी गर्नेजस्ता हालका सेवाहरू पनि प्रयोगकर्ताहरूले प्रयोग गर्न सक्नेछन् ।
त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरूले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बैंकिङ सेवाहरूसम्बन्धी सोधपुछको सुविधा पाउन सक्नेछन् । हालका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको मोबाइल एप स्वतः अद्यावधिक हुनेछ । स्वतः अद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सकिनेछ । बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टरर ८३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।