काठमाडौं ।
सनराइज बैंकले नुवाकोटको बेलकोटगढी नगरपालिकामा शाखारहित सेवा विस्तार गरेको छ । बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, माझगाउँ, नुवाकोटमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो । सो शाखारहित बैंकिङ सेवा सञ्चालनसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५८ पुगेको छ । बैंकले बेलकोटगढी नगरपालिका–५, माझगाउँ, नुवाकोटमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा महेश्वर भुर्तेललार्ई नियुक्त गरेको छ ।
बैंकका अनुसार शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बेलकोटगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष अनन्तराम नेपाल, बट्टार शाखाका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठ र अन्य बैंकका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष अनन्तराम नेपालले गरेका थिए ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरूले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरू लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ पहुँच पु¥याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकले हाल एक सय ३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र एक सय ६१ वटा एटीएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि बैकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।