काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले थप सातवटा नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकका अनुसार मंगलबार आफ्नो सातवटा नयाँ शाखाहरूको भर्चुअलरूपमा उद्घाटन गरिएको हो । बैंकको सातवटा नयाँ शाखाहरूमध्ये बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट, मुस्ताङ जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट, ललितपुर जिल्ला, भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीबाट, काठमाडौं जिल्ला, कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्यबाट, काठमाडौं जिल्ला, नरेफाँट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेशकुमार अग्रवालबाट, भक्तपुर जिल्ला, सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनिलकुमार न्यौपानेबाट र काठमाडौं जिल्ला, टोखा शाखाको बैंकको सञ्चालक समितिका सदस्य उमाकुमारी श्रेष्ठबाट भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बैंकका उच्चपदाधिकारीको उपस्थितिमा रहेको थियो ।
नयाँ शाखाको विस्तारपछि बैंकको शाखा सञ्जाल एक सय २० पुगेको छ । सबै क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेनसन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवाहरू ग्राहकवर्गहरूलाई प्रदान गर्दै आएको छ । चालू आवको असोज मसान्तसम्म बैंकको कुल निक्षेप ८२ अर्ब ४२ करोड र कर्जा रकम ६६ अर्ब ९३ करोड रहेको छ । यस अवधिमा बैंकले २२ करोड दुई लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।