नयाँ दिल्ली । आर्थिक वर्ष २०२०/०२१ मा भारतीय अर्थतन्त्रमा ७.७ प्रतिशत गिरावट आउने सरकारले अनुमान गरेको छ । भारतीय मिडियाहरुका अनुसार यसको मुख्य कारण कोभिड १९ ले आर्थिक क्रियाकलापमा पारेको प्रभाव हो । पछिल्लो आर्थिक वर्षमा भारतीय अर्थतन्त्र ४.२ प्रतिशतले बढेको थियो ।  राष्ट्रिय तथ्यांक कार्यालय (एनएसओ)ले बिहीबार राष्ट्रिय आम्दानीको पहिलो अग्रिम अनुमान गरेको हो । यसअनुसार कृषिलाई छोडेर बाँकी सबै क्षेत्रमा गिरावट आएको देखिएको छ ।