काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २१ सय ९४ दशमलव पाँच अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय २१ दशमलव २२ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय १२ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार दुई लाख ३४ हजार पाँच सय १३ पटकको कारोबारमा पाँच करोड ८७ लाख ८२ हजार छ सय ४८ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम २७ अर्ब १७ करोड २३ लाख १२ हजार आठ सय सात रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै पाँच अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय १४ वटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुसार दुई लाख सात हजार तीन सय २४ पटकको कारोबारमा चार करोड ५१ लाख २७ हजार छ सय नौ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम २२ अर्ब ७६ करोड १६ लाख तीन हजार नौ सय २१ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये दोस्रो र तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिन उकालो लागेको थियो । पहिलो दिन बजार परिसूचक ८८ दशमलव १२ अंकले उकालो लागेर २१ सय ७५ दशमलव ३९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव १८ अंकले उकालो लागेर चार सय १५ दशमलव ८८ अंकमा चढेको थियो ।
दोस्रो दिन भने बजार परिसूचक छ दशमलव ३६ अंकले ओरालो लागेर दुुई हजार एक सय ६९ दशमलव चार अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि मूल्य दशमलव ७३ अंकले ओरालो लागेर चार सय १५ दशमलव १५ अंकमा झरेको थियो । तेस्रो दिन बजार परिसूचक तीन दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ६५ दशमलव ४९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले ओरालो लागेर चार सय १३ दशमलव ६८ अंकमा झरेको थियो । चौथो दिन बजार परिसूचक १३ दशमलव सात अंकले उकालो लागेर दुई हजार एक सय ७८ दशमलव ५७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४५ अंकले उकालो लागेर चार सय १८ दशमलव १४ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक १५ दशमलव ९१ अंकले उकालो लागेर २१ सय ९४ दशमलव ४८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव आठ अंकले उकालो लागेर चार सय २१ दशमलव २२ अंकमा चढेको थियो ।
यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी आदि परेका छन् भने कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरू अगाडि परेका छन् । सूचीकृत सेयरतर्फ भने यस साता प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर सूचीकृत भएको छ ।