काठमाडौं, पुस २०
बिक्रीपछिको सेवामा उत्कृष्टता प्रदान गर्दैै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ ओप्पोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सीटीसी मलस्थित यो सेवा केन्द्र कम्पनीको काठमाडौंमा सञ्चालनमा ल्याइएको दोस्रो हो । नेपालमा बिक्री गरिएका ओप्पो फोन्सका लागि उत्कृष्ट बिक्रपछिको सेवा उपलब्ध गराउनु नयाँ सेवा केन्द्रको उद्देश्य हो ।
काठमाडौंको सुन्धारास्थित सीटीसी मलको पाँचौँ तल्लामा युनिट्स ६०६ र ६०६ ए मा अवस्थित नयाँ सेवा केन्द्रले आइतबारदेखि शुक्रबार बिहानको १० बजेदेखि बेलुकी ६ बजेसम्म उपभोक्तालाई मर्मत लगायत विक्रि पछिको सेवा उपलब्ध गराउने छ । उपभोक्ताको सहजताका लागि कम्पनीले टोल–फ्री नम्बर १६६००१८८८८६ पनि सञ्चालनमा ल्याएको छ । ओप्पो मोबाइलसम्बन्धी आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधान यस नम्बरबाट प्राप्त गर्न सकिन्छ । साथै, उपभोक्ताले आफ्ना समस्या तथा जिज्ञासाका लागि ९८०८१३०४१७ र ९८५१२१०६२३ मार्फतपनि सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।
कस्टमर केयर सर्भिस सेन्टरको समुद्घाटन ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्तरुपमा गरेका थिए । उद्घाटन समारोहमा बोल्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबीले भने, ‘उपभोक्ताहरु हाम्रा उत्पादनमार्फत पूर्णरुपमा सन्तुष्ट होउन् भन्ने हाम्रो चाहना हो । उपभोक्ताको समग्र सन्तुष्टि हाम्रो प्रमुख लक्ष्य हो । तसर्थ, हामी उत्पादनको बिक्री संख्यामा मात्र केन्द्रित नभई तिनको बिक्रीपछिको सेवामा समेत उत्तिकै ध्यान दिने गर्छौँ । काठमाडौंमा सञ्चालनमा ल्याइएको नयाँ सेवा केन्द्रमार्फत हामी आफ्ना उपभोक्ताको सन्तुष्टि र अनुभवमा थप उत्कृष्टता ल्याउन सक्षम हुने हाम्रो विश्वास छ ।’