काठमाडौँ ।
सनराईज बैंकले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले यही पुस २४ गते आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आठ दशमलव २८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । पारित भएको कुल लाभांशमा चुक्ता पुँजीको पाँच दशमलव ८० प्रतिशत बोनस सेयर र दुई दशमलव ४८ प्रतिशत नगद लाभांश रहेको छ ।
हाल आठ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर वितरणपश्चात् नौ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । बैकले हाल सबै क्षेत्रमा गरी एक सय ३९ वटा शाखा ५८ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर, एक सय ६१ वटा एटीएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।