काठमाडौँ ।
सिद्धार्थ बैकको सेयर दाखिला तथा तथा खारेजी बन्द हुनेभएको छ । बैंकको आगामी माघ १६ गते हुने १९औं वार्षिक साधारणसभासम्वन्धी प्रयोजनको लागि यही पुस २८ गते एक दिन सेयर दाखिला तथा खारेजी बन्द हुनेभएको हो ।
बैंकले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८ रुपैयाँमध्येबाट १२ प्रतिशत अर्थात् एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैयाँबराबरको बोनस सेयर एवं तीन प्रतिशत अर्थात् २९ करोड ३६ लाख ३३ हजार १४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसका अतिरिक्त हाल कायम रहेको अधिकृत पुँजी १० अर्ब ५० करोड रुपैयाँलाई वृद्धि गरी १६ अर्ब पु-याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको बैंकले जानकारी दिएको छ । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।