काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई एक सय थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ । संस्थाले साधारणसभाको समारोहमा सञ्चालक समितिका अध्यक्ष सञ्जिव मानन्धरसहित प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाललगायतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललिता ढकाललाई सो सामग्री हस्तान्तरण गरिएको हो । फिल्डमा खटिएका प्रहरीहरू फ्लोरोसेन्ट ज्याकेटको अभावमा दुर्घटनामा परिरहेकोले खबर आइरहने गरिएकोले सहयोग गरिएको संस्थाले जनाएको छ ।