काठमाडौँ  । राष्ट्रि बैंकले रक्तदान कार्यक्रम गरेको छ । बैंकले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा एक सय ७१ जनाले रक्तदान गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेको बैंकले जनाएको छ ।