काठमाडौं ।
सुुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले सोमबार रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले मन्तव्यसहित कम्पनीको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।
उक्त सभाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको पाँच प्रतिशतले हुने रकम १० करोड ७७ लाख ५६ हजार नौ सय रुपैयाँबराबरको बोनस सेयर र सो बोनस सेयरमा लाग्ने करसहित पाँच दशमलव ५२ प्रतिशतले हुन आउने ११ करोड ९० लाख ९९ हजार सात सय ११ रुपैयाँबराबरको नगद लाभांशसहित कुल २२ करोड ६८ लाख ५६ हजार छ सय ११ रुपैयाँबराबरको लाभांश पारित गरेको कम्पनीले जानकारी दिएको छ ।
सभामा निमित्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त सभामा उपस्थित सेयरधनीहरू तथा अन्य उपस्थित व्यक्तिहरूको लागि कम्पनीको प्रगतिको बारेमा जानकारी गराउँदै, संस्थाका अध्यक्षले भटट्राईले धन्यावाद दिएका थिए ।