काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले काठमाडौँको टोखास्थित फ्रेण्डसिप फाउन्डेसन नेपाललाई आइतबार, सामाजिक उत्तरदायित्वअन्तर्गत दुुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रेन्डसिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त सो रकम फ्रेन्डसिप फाउन्डेसन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाँउपालिका वडा नं १, केराबारीस्थित शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्नेछ । विभिन्न सामाजिक परियोजनाका कार्यमा संलग्न हुँदै आएकोे उक्त फाउन्डेसनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पूर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामग्रीको लागि सजिलो पहुँच पुग्ने विश्वास बैंकको रहेको छ ।
बैंकले हरेक आर्थिक वर्ष आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वित्तीय साक्षरता, वातावरण, शिक्षा, स्वास्थ्य, दुर्गम र विपन्न वर्ग समुदायको विकास, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन, दिगो विकास आदिजस्ता क्षेत्रहरूमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि विभिन्न योगदान पु-याउँदै आएको छ र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ ।