काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयम्सेवक लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । वोमी लघुवित्तले दिएको जानकारीअनुसार माघ चार गते आइतबार दुवै संस्थाले एकआपसमा मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।