काठमाडौं ।
कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३९ करोड ४७ हजार सात सय ५२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १४ करोड ८५ लाख १९ हजार ५४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब ५४ करोड एक लाख ९५ हजार तीन सय ५२ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ३८ अर्ब १८ करोड ४१ लाख ६२ हजार चार सय ९५ रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २० करोड २८ लाख १५ हजार छ सय ९९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६८ करोड ८० लाख ८९ हजार सात सय सात रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३१ अर्ब ९० करोड दुुई लाख ९३ हजार एक रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९४ करोड ५४ लाख ४६ हजार तीन सय २८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५७ करोड ४१ लाख २९ हजार आठ सय ९१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३३ प्रतिशत रहेको थियो ।