काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवर्द्धन समिति विस्तार गरिएको छ । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको वाग्मती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी समितिका सदस्यहरूमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजय सिंह कार्की, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैँची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्का, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष समिर विक्रम शाह चयन भएका छन् ।
त्यसैगरी विशेष आमन्त्रित सदस्यहरूमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सविनलाल प्रधान, नारायण गोपाल श्रेष्ठ, गलैँचा व्यवसायी दावा शेर्पा, वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सुशान्त चचान, नेपाल तयारी पोशाक उद्योग संघको महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासंघ नेपालका रुकमणिदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभूषण संघका उपाध्यक्ष सुमन ताम्राकार चयन भएको महासंघले जनाएको छ ।
महासंघका पूर्वकार्यकारिणी समिति सदस्य राजन शर्मा, नेपाल चिया उत्पादक संघका सल्लाहकार उदय चापागाईं, नेपाल हब्र्स एण्ड हर्वल संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे समितिको सल्लाहकारमा चुनिएका छन् । समितिमा चयन भएका उद्यमी व्यवसायीहरूलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको निर्यात प्रवर्द्धनमा समितिले सक्रियतापूर्वक कार्य गरी सिंगो समितिले निर्यात प्रवर्द्धनको विषयमा विज्ञ समूहको रुपमा काम गर्ने विश्वास आफूले गरेको बताए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिले उद्यमी व्यवसायीहरूले निर्यातका क्रममा भोग्नुपरेका समस्याको पहिचान गर्दै समाधानतर्फ सरकारमा ठोस सुझाव दिन सक्रियतापूर्वक लाग्नुपर्ने बताए । कार्यक्रममा महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले समितिले निर्यात प्रवर्द्धनका हरेक मुद्दाहरुमा समितिका तर्फबाट ठोस कार्य गर्ने विश्वास व्यक्त गरे ।