काठमाडौं ।
निर्धन उत्थान लघुवित्तवित्तीय संस्थाले १३ दशमलव ६८ प्रतिशतलाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुुद मुनाफामध्येबाट हालसम्म कायम रहेको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँमध्येबाट १३ दशमलव ६८ प्रतिशतको अनुपातमा २० करोड ५२ लाख ६३ हजार एक सय ५८ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा १३ प्रतिशतले हुनआउने १९ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक करोड दुई लाख ६३ हजार एक सय ५८ रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी संस्थाको यही पुस २४ गते बसेको सञ्चालक समितिको दुई सय ६९औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।