काठमाडौं ।
गणपति लघुवित्त वित्तीय संस्थाले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी ११ करोड सात लाख ४५ हजार रुपैयाँमध्येबाट बोनस तथा नगद समेत गरी उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाका अनुसार घोषित लाभांशमध्येमा १५ प्रतिशत अर्थात् एक करोड ६६ लाख ११ हजार सात सय ५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशतले हुुन आउने आठ लाख ७४ हजार तीन सय दुई रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी संस्थाको यही पुस २२ गते बसेको सञ्चालक समितिको ७६औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।