काठमाडौं ।
नेसनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार दुई सय ५० रुपैयाँमध्येबाट २७ प्रतिशत अर्थात् सात करोड १२ लाख ९२ हजार दुई सय १७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा २१ प्रतिशत अर्थात् पाँच करोड ५४ लाख ४९ हजार पाँच सय दुई रुपैयाँबराबरको बोनस सेयर र छ प्रतिशत अर्थात् एक करोड ५८ लाख ४२ हजार सात सय १५ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही पुुस १९ गते बसेको एक सय सातौं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।