काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले नगदरहित कारोबार प्रवर्द्धनको आयोजना गरेको छ । बैंकले र जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरूमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको उद्घाटन गरेका हुुन् । नगदरहित कारोबार प्रवर्द्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरू गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्न थप कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ । साथै बैंकले क्यूआर मर्चेन्टहरूलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामूलक अनलाइन तालिमको सुरुवात पनि गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय ६४ वटा शाखा, ४७ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, दुई सय ४० एटीएम, दुई सय ४४ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीन प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।