काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडले एकीकृत कारोबार सञ्चालन गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरी आइतबारदेखि एकीकृत कारोबार सञ्चालन गरेको हो । बैंकका अनुसार संयुक्त कारोबार तीन शाखाबाट सञ्चालन गरिनेछ । घन्टाघर, बिर्तामोड र गाईघाट यी थप तीन शाखाहरूले ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ सेवाहरू प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ८६ वटा शाखा, एक सय २८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु-याउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यो बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरो मनीलगायतका अवार्डहरूबाट सम्मानित भइसकेको छ ।