वासिङ्टन ।
सन् २०२० र ०२१ मा थप दुई खर्ब अमेरिकी डलरबराबरका अमेरिकी सामग्री खरिद गर्ने प्रतिबद्धता पूरा गर्न चीन असमर्थ भएको छ । चीनले गत वर्ष जनवरीको अन्तिमतिर भएको अमेरिकासँगको पहिलो चरणको व्यापार सम्झौतामा एक खर्ब २० अर्ब डलरबराबरका चिनियाँ वस्तुमा लगाइएको कर घटाउन उक्त प्रतिबद्धता जनाएको थियो ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका देशहरुबीचको व्यापारिक तनाव हटाउन उक्त व्यापार सम्झौता गरिएको थियो । तर कोभिड १९ महामारी सुरु भएपछि अमेरिकाको चीनसँगको व्यापारघाटा ह्वात्तै बढेको छ ।
मेडिकल सामग्री र उपकरणसम्बन्धी सामग्री महामारीका बेला घरबाटै काम गर्ने अवस्थाले सन् २०२० मा चिनियाँ वस्तुको अमेरिकामा आयात बढेको हो । उक्त समयमा चीनले डिसेम्बरमा मात्रै अमेरिकाबाट आयात गरेभन्दा तीन गुणा धेरै सामग्री चीनले अमेरिका निर्यात गरेको थियो । तर जनवरीमा भएको पहिलो चरणको व्यापार सम्झौता दुई देशबीच चलिरहेको व्यापार युद्ध रोक्नेतिर लक्षित थियो ।
तत्कालीन समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको खुलेर प्रशंसा गरेका थिए । सम्झौताअनुसार चीनले दुई खर्ब अमेरिकी डलरका थप सामग्री आयात गर्न सहमति जनाएको थियो । यसअनुसार अमेरिकाले पनि चिनियाँ वस्तुमा लगाएको कर घटाउने जनाएको थियो । ती वस्तुमा कृषि, उत्पादन र ऊर्जा क्षेत्रका थिए । सो प्रतिबद्धता पूरा गर्न चीनले अझै एक खर्ब ७३ अर्ब डलर मूल्यबराबरका वस्तु खरिद गर्नुपर्ने हुन्छ ।
चिनियाँ भन्सार तथ्यांकअनुसार चीनले सन् २०२० मा १ खर्ब ३५ अर्ब डलरका वस्तुमात्रै आयात गरेको छ । यद्यपि ३५ अर्ब डलर मूल्यबराबरका वस्तुलाई सम्झौताअनुसार राखिएको छैन । यसको मतलब चीनले १ खर्ब मूल्यका वस्तु खरिद गरेको थियो । तथ्यांकले चीनले प्रतिबद्धताको ५८ प्रतिशत सामान आयात गरेको बताइएको छ । यसमध्ये कृषिको ६४ प्रतिशत, उत्पादनतर्फ ६० प्रतिशत र ऊर्जातर्फ ३९ प्रतिशत वस्तु आयात गरेको तथ्यांकमा उल्लेख छ ।