अमेरिका ।
विश्वभरका गुगलका कर्मचारीहरु एकै युनियनमा आबद्ध हुने भएका छन् । अमेरिका र क्यानडामा रहेका कार्यालयका गुगल र यसको मातृकम्पनीका दुई सयभन्दा धेरैले मजदुर युनियन बनाएको केही हप्ता नबित्दै कर्मचारीहरुले युनियन बनाउनलागेका हुन् ।
युनिग्लोबल युनियनसँगको सहकार्यमा अल्फा ग्लोबल नामको युनियन यसअघि बनाइएको थियो । त्यसले विश्वभरका दुई करोड कर्मचारीलाई प्रतिनिधित्व गर्छ । त्यसमा अमेरिका, जर्मनी, स्विट्जरल्यान्ड, स्विडेन र युकेजस्ता देशका श्रमिक आबद्ध छन् । युएनआईका महासचिव क्रिस्टी हफम्यानले अल्फाबेटको समस्या र अल्फाबेटले सिर्जना गरेको समस्या कुनै एक देशमा मात्रै सीमित नरहेको बताउँदै विश्वस्तरमै समाधान हुनुपर्ने बताए ।