काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सिंगो राज्यको ध्यान व्यवसाय लागत घटाउन जानुपर्नेमा जोड दिएका छन् । व्यवसाय लागत घटाउन नसकेसम्म उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाएर लैजान नसकिने उनको भनाइ छ । महासंघको उद्योग समिति विस्तारको कार्यक्रममा बोल्दै उनले नेपालका उद्योग धन्दाका समस्या करिब सात दशकअघिकै सेरोफेरोमा रहेको बताए ।
अध्यक्ष गोल्छाले तुलनात्मक लाभका क्षेत्रहरूमै उद्योगधन्दा विकास गर्नुपर्नेमा जोड दिए । साथै उनले महासंघको उद्योग समितिलाई मुलुकभित्र उद्योग व्यवसायको विस्तारमा सरकारलाई के–कस्तो सुझाव दिँदा कार्यान्वयन पनि हुन्छन् र उद्योगधन्दा पनि फस्टाउँछन् त्यसमा निरन्तर गृहकार्य गर्न सुझाव दिए ।
महासंघको कार्यकारिणी समितिका सदस्य भरतराज आचार्यको सभापतित्वमा गठन भएको उद्योग समितिको सोमबार विस्तार गरिएको हो । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समिति सदस्य सुशिल थापा, समितिका सदस्यहरूमा पञ्चकन्या ग्रुपका उज्जवल श्रेष्ठ, प्लास्टिक तथा टेक्सटायल इण्डस्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इण्डस्ट्रिजका गोकुल भण्डारी, स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा, प्रगति टेक्सटाइलका जीतेन्द्र लोहिया, नेपाल बोटल वाटर इण्डस्ट्रिज एसोसिएसनका अध्यक्ष सुवाष भण्डारी, नेपाल औषधि उत्पादक संघका विप्लभ अधिकारी चयन भएका छन् ।
यस्तै समितिको आमन्त्रित सदस्यहरूमा महासंघको कर तथा राजस्व समितिका सभापति सन्दीपकुमार अग्रवाल, न्यौपाने एण्ड ल एसोसिएटका अंजन न्यौपाने, नेपाल लिभर लिमिटेडका प्रतीक श्रीवास्तव, एसआर स्टीलका सुरज उप्रेती, नेपाल पस्मिना उद्योग संघका धनप्रसाद लामिछाने, ट्रान्सवेल्ड नेपाल प्रालिका अमुल श्रेष्ठ, यति डिस्टिलरीका अभिशेक श्रेष्ठ, एचडी इण्डस्ट्रिजका ईश्वर जीसी, मारुती फर्माका प्रभात रुङटा, बबरमहल हेरिटेजका विराट समशेर जबरा, फुटवेयर इण्डस्ट्रिज एसोसिएसनका कृष्ण फुँयाल, रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल र चार्टर्ड एकाउन्टेन्ट विशेषविभु आचार्य चयन भए ।
त्यसैगरी समितिको सल्लाहकारहरूमा अग्नि सिमेन्टका डा. ई. तारा पोखरेल, ॐ ग्यासका हरिप्रसाद पाठक, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय रामशरण थपलिया र शैलेन्द्रलाल प्रधान र सम्राट सिमेन्टका मुकुन्द तिमिल्सिना चुनिएका छन् ।
कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रोजगारदाता परिषद्का सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघईको उपस्थिति रहेको थियो । कार्यक्रमपश्चात् समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको बैठकले उद्योगसँग सम्बन्धित नीतिगत सुधार, अनुसन्धान तथा तथ्यांक विश्लेषण, कोभिडलगायत अन्य कारणबाट थला परेका उद्योग सञ्चालनका लागि तत्काल सम्बोधन हुनुपर्ने मुद्दाहरूमा काम गर्दै जाने निर्णय समेत गरेको छ ।