काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दीपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ । समितिको सहपतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू सन्दीप अग्रवाल, गोविन्द ढुंगेल, पूर्वकारिणी समिति सदस्य कृष्ण प्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चुनिएका छन् । त्यसैगरी समितिका सदस्यहरूमा फ्रेट फरवार्डर एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपक प्रसाद दाहाल चुनिएको महासंघले जनाएको छ ।
त्यस्तै समितिको आमन्त्रित सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवर्द्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजय सिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तिय तथा विमा समितिका सभापति शाहिल अग्रवाल, स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाश सिंह कार्की, कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी संघका विनोद सेठिया, नरेन्द्र गुप्ता, नेपाल भारत उद्योग वाणिज्य संघका सदस्य अभिमन्यु पोद्दार, नेपाल लिभर लिमिटेडका कार्यकारी अधिकृत, विकास अग्रवाल, गान्धी एण्ड एशोसिएटसका म्यानेजिङ एसोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रालिका प्रकाश तिवारी चयन भएका छन् ।
साथै एसआर पाण्डे एण्ड कम्पनीका एफसीए सुदर्शनराज पाण्डे, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मनसुरी, भन्सार एजेन्ट महासंघका अध्यक्ष शान्तराज शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, मेची उद्योग वाणिज्य संघका कपिल क्षेत्री र नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र शेरचना समितिका विशेष आमन्त्रित सदस्य चयन भएका छन् भने समितिको सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य शैलेन्द्र गुरागाई, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेश श्रेष्ठ, अडिटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष, एसोसिएसन अफ चार्टड एकाउन्टस अफ नेपालका अध्यक्ष आनन्दराज शर्मा वाग्ले, महासंघका कानुनी सल्लाहकार दिपक घिमिरे,अधिबक्ता रमश कुमार कर्ण, महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य सुनिल गोपाल श्रेष्ठ चयन भएका छन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी व्यवसायीहरुका समस्या तथा कठिनाइ पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।
अध्यक्ष गोल्छाले समितिको जिम्मेवारी निकै गहन भएकाले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यकालको सफलतासँग समेत जोडिएकाले समितिले सोहीअनुसार कार्य गर्नेमा विश्वस्त रहेको बताउँदै महासंघ सचिवालयमा कर राजस्व सम्बन्धी समस्या एवं गुनासो सम्बोधन गर्न एक इकाइ स्थापना गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा महासंघको उपाध्यक्ष अन्जन श्रेष्ठलगायत उपस्थित थिए ।