काठमाडौं ।
हाल बैंकहरूमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी एनएमबी बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ । माघ महिनाअघिदेखि नै बचतमा बढी ब्याज दिन सुरु गरेको एनएमबी बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी ब्याज बचतमा पाँच दशमलव एक प्रतिशतसम्म र मुद्दतीमा आठ दशमलव एक प्रतिशतसम्म प्रदान गरिरहेकोे छ ।
हाल मुख्यतया बैंकहरू कर्जा सापटीमा केन्द्रित भएको देखिए पनि चार वर्षमा तीन पटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबीले भने स–साना निक्षेपकर्ताहरूलाई मर्का नपरोस् भनेर अधिकतम ब्याजको योजना अघि सारेको होे, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।