काठमाडौं ।
ग्लोबल आईएमई बैंकले पाल्पाको हुमिन (ग्याङसिङ पोखरा)मा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुुई सय ४५ वटा पुगेको छ ।
बैंकले पाल्पाको रम्भा गाउँपालिका वडा नं. ४, हुमिन (ग्याङसिङ पोखरा)मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष भोजबहादुर विकले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधि विष्णुबहादुर बोम्रेललाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, एनटीसी, एनसेल, डिस होम, सीडीएमए, यूटीएल महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको दुई सय ६४ शाखा सञ्जालसहित दुुई सय ४० वटा एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय ४५ शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।