ब्रसेल्स ।
बोइङको ७३७ म्याक्स विमानहरुलाई युरोपको आकाश उड्नका लागि खुल्ला भएको छ । युरोपेली संघको हवाइ सुरक्षा संस्था (ईएएसए)ले विमानको उडान सुरक्षित रहेकोले सेवामा फर्किन अनुमति प्रदान गरेको हो । योसँगै २२ महिनायता प्रतिबन्ध भोगेको उक्त विमानले अब सेवा सुरु गर्नेछ ।
इन्डोनेसिया र इथियोपियामा सन् २०१८ र सन् २०१९ मा भएको समान प्रकृतिको दुर्घटनापछि विश्वस्तरमै म्याक्सजेट श्रेणीका विमान ग्राउन्डेड गरिएको थियो । सो क्रममा तीन सय ४६ जनाको मृत्यु भएको थियो । विमानको सुरक्षासम्बन्धी सफ्टवेयर प्रणालीमा सुधार र अनुगमनसँगै युरोपेली निकायले विमानलाई उड्न अनुमति दिएको हो । यसअघि नै अमेरिका र ब्राजिलले यी विमानलाई सेवामा फर्किन दिइसकेका छन् ।