काठमाडौँ ।
कुमारी बैंक लिमिटेड र सुनचाँदी हिरालगायत अन्य बहुमूल्य रत्नहरूको हस्त निर्मित गरगहनाहरूका लागि परिचित गहना घर अश्री ज्वलर्स प्राइभेट लिमिटेडबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका अनुसार उक्त सहकार्यपश्चात् बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरूले अश्री ज्वेलर्सका डाइमन्डका गहनाको खरिदमा १५ प्रतिशतसम्मको आकर्षक पाउनेछन् ।
सम्झौतामा बैंकका तर्फबाट वाग्मती प्र्रदेश प्रमुख प्रविन झा र अश्री ज्वेलर्सका निर्देशक रविकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले हाल आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ५६ एटीएम, २३ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे छ छ भने आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।