काठमाडौं ।
प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ८१ करोड ३३ लाख २९ हजार आठ सय नौ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवजको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ३० करोड सात लाख ८७ हजार तीन सय ८४ रुपैयाँ रहेको छ ।
हाल चुक्ता पुँजी १६ अर्ब आठ करोड ३० लाख ३६ हजार नौ सय ३० रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ३० अर्ब ९९ करोड १५ लाख १७ हजार सात सय २१ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १९ अर्ब २७ करोड ४४ लाख ६८ हजार ७३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ९१ करोड ५० लाख ५० हजार सात सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव २७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब २६ करोड ४२ लाख ५२ हजार पाँच सय ८३ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १९ अर्ब ४४ करोड १६ लाख १३ हजार छ सय २३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ४३ करोड ५७ लाख ९३ हजार ६९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब १६ करोड ४६ लाख १० हजार ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।