काठमाडौं । एभरेष्ट बैंकले पर्वतारोहीलाई सम्मान गरेको छ । बैंकका अनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहासमै पहिलो पटक हिउँदमा विश्वको दोस्रो अग्लो चुचुरो केटुु हिमालको सफल आरोहण गरेकोमा सम्मान कार्यक्रम आयोजना गरिएको हो । उक्त पर्वतारोहण टोलीमध्येका मिङ्मा डेबिड शेर्पा एभरेष्ट बैंकको ब्राण्ड फेसको रूपमा आबद्ध रहेको बैंकले जनाएको छ ।