काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडका अध्यक्ष मनोजकुमार केडियाले पद तथा गोपनीयतको शपथग्रहण गरेका छन् । बैंकका अनुसार यही माघ १६ गते बसेको सञ्चालक समितिको तीन सय ६२औँ बैठकबाट केडिया बैंकको अध्यक्ष पदमा सर्वसम्मतरूपमा चयन भएका थिए । उनले माघ १८ गते आइतबार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष गभर्नरको कार्यालयमा बैंकको सञ्चालक समितिको अध्यक्षको पद तथा गोपनीयताको सपथ लिएका हुुन् । उनी यसअघि पनि मिति २०७३/११/०५ देखि २०७७/१०/१६ सम्म बैंकको सञ्चालक समितिको अध्यक्ष रहँदै आएका थिए ।
उनले केडिया अर्गनाइजेसन, केडिया इन्टरनेसनल प्रालि, वृज सिमेन्ट इन्डष्ट्रिज प्रालि, अर्घाखाँची सिमेन्ट प्रालि, श्री स्टिलस प्रालि, एसियन कन क्रेटो प्रालि, वृज ग्लास इन्डष्ट्रिज प्रालि, केडिया इन्भेष्टमेन्ट कर्पोरेसन प्रालिलगायतका कम्पनीहरूमा अध्यक्ष, प्रबन्ध सञ्चालकको रूपमा सक्रिय रही उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।