काठमाडौं ।
नारायणी डेभलपमेण्ट बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले यही माघ १६ गते चितवनस्थित होटल स्टार बैंक्वेट रत्ननगरमा सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रराज वाग्लेको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नगद प्रवाह विवरण, नाफा नोक्सान हिसाब पारित गर्नुको साथै एक बराबर दुई (१ः२) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रद निष्कासनपश्चात् बैंकको चुक्ता पुँजी ३९करोड ३७ लाख एक हजार चार सय रुपैयाँ पुग्नेछ ।
बैंकले यस साधारणसभामार्फत गाभ्ने गाभिने तथा प्राप्ति समाहित हुने, रणनीतिक साझेदार नयाँ लगानीकर्ता भित्र्याउने सम्बन्धमा प्रस्ताव पारित गरी त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिएको छ ।