काठमाडौं । एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारी हरूलाई सुविधा पु-याउने उद्देश्यले एक सय ३६औं एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघि देखि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको छ । बैंकले हाल देशभरि एक सय ८० शाखा, एक सय ३६ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।