काठमाडौं, पुस २२
ज्योति विकास बैंकले नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले सोमबार काठमाडौको गोंगबुमा नयाँ शाखाको औपचारिकरूपमा उद्घाटन गरेको हो । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पु-याउने उद्देश्यका साथ नयाँ शाखा गोंगबुमा सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । काठमाडौ महानगरपालिका वडा नं २६, गोंगबुस्थित ज्योति विकास बैंकको नयाँ शाखाको समुद्घाटन काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले गरेकी हुुन् ।
कार्यक्रममा काठमाडौ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारी, ज्योति विकास बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली समेतले सम्बोधन गरेको थियो । उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाकी उपमेयर खड्गीले बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरी अघि बढ्न महानगरपालिका इच्छुक रहेको जानकारी दिइन् । साथै उपमेयर खड्गीले ज्योति विकास बैंकले आगामी दिनहरूमा देशभर शाखा सञ्जाल फैलाउँदै ७७ वटा जिल्लाका जनतालाई बैंकिङ सेवा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको बताइन् ।
कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले विगतका दिनमा झैँ ज्योति विकास बैंकले सेवाग्राही र समाजको मागअनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझै सरल र सहजरूपमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको लागि खडा गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत समाज हितको लागि विभिन्न क्षेत्रसँग सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गरे । यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले पनि नयाँ शाखामार्फत बैंकिङ सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुँच अझ सहज भएको बताए । साथै उनले बैंकिङ सेवामार्फत समाजमा सकरात्मक परिवर्तन ल्याउने कार्यमा ज्योति विकास बैंक लागिरहने जानकारी दिए ।
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरू, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरू तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो । हाल बैंकले एक सय दुुईवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक वर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले दुुई लाख ४० हजारभन्दा बढी खाताबाट ३२ अर्ब रूपैयाँभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २७ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको छ ।