काठमाडौं ।
नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरूको आवश्यकताअनुसार उपाय प्लाटफर्ममा उपलब्ध विभिन्न सेवाहरू प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ । यस रणनीतिक साझेदारीअन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरूले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिनेछन् । यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कताबमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपल्ब्द गराउनेछ ।
निरजकुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुवित्त, नबिल बैंक र राजु केसी, महाप्रबन्धक, उपाय सर्भिसेसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एसएमई तथा लघुवित्त, प्रमुख निरजकुमार बस्नेत (डनिल)ले भने, ‘नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ । हामी हाम्रो ग्राहकहरू र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरूलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानुन र नियमनको पालना गर्न मदत गर्दै आएका छौँ ।
हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरूको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु-याउँछ । ‘नबिल बैंक लिमिटेडसँगको सहकार्य निकै फलदायी भएको छ’, उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले भने । उनी थप भन्छन्, ‘उपायले कर्जासम्बन्धी सेवाहरूबाहेक वित्तीय व्यवस्थापन, कानुनी, कर र व्यवस्थापनसम्बन्धी परामर्शमा व्यावसायिक सेवाप्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मदत गर्न सक्षम भएको छ । बैंकका एक सयभन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन् ।
नबिल बैंकको बारेमा : बैंकले हाल देशभर एक सय १९ वटा शाखा कार्यलयहरू, एक सय ८५ एटीएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देश्मा रहेका एजेन्टको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ, बैंक ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।
उपाय सर्भिसेजको बारेमा : उपाय सर्भिसेज लिमिटेड कानुन, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिहरूद्वारा सञ्चालित एक डिजिटल प्लाटफर्म हो । यसअन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनी खारेजी, लेखासँग सम्बन्धित सेवाहरू, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, भू–सेवाले प्रदान गर्ने सेवालगायतका विविध सेवाहरू प्रदान गर्ने गर्दछ ।