काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले केटुु हिमाल आरोहीहरूलाई नगदसहित सम्मान गरेको छ । बैंकले टोलीको सम्मानमा प्रमुख कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । निर्मल पुर्जाको नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो उच्च हिमाल पहाडी केटुुको शिखरमा पुग्ने पहिलो स्थानमा नयाँ विश्व कीर्तिमान स्थापित ग-यो ।
केटुलाई विजयको लागि सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ । त्यसमाथि पनि जाडोमा यो हिमाल चढ्नुु लगभग असम्भव मानिन्छ । हाम्रो नेपाली आरोहीहरूले त्यो उपलब्धि माघ ३ गते २०२१, शनिबार स्थानीय समय साँझ ५ बजे हासिल गरे । सीएसआर रणनीतिअनुरूप, बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले १० नेपाली आरोहीहरूको सम्मानमा कार्यक्रम आयोजना गरेर उनीहरूलाई १० लाख रुपैयाँको चेक प्रदान गरेका छन् ।
बैंकले नेपाललाई गौरवान्वित तुल्याउन टोलीलाई धन्यवाद दिँदै यो योगदानले अझ शानदार विजयहरूका लागि प्रेरणाको रूपमा काम धारणा व्यक्त गरेको छ । बैंकले हाल ८३ शाखा, एक सय २८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु-याउँदै आएको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।