काठमाडौं ।
कृषि क्षेत्रको व्यावसायिकतामार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि सेञ्चुरी कमर्सियल बैंक र आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।
रुकुम जिल्लाको आठबिसकोट नगरपालिकामा ‘कृषक सहकार्य समूह’मार्फत त्यस क्षेत्रमा सम्भावना भएका कृषि, वनजन्य व्यवसाय, प्राङ्गारिक एवं उच्च मूल्यका कृषि उत्पादन र कृषि व्यवसायीकरणका लागि बैंकले सहज र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्य रहेको छ । उक्त सम्झदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र नगरपालिकको तर्फबाट नगर प्रमुख गोर्ख बहादुर केसीले हस्ताक्षर गरेका छन् ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना एक सय २० शाखा १० वटा एक्सटेन्सन काउन्टर, २१ ब्रान्चलेस बैंकिङ ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।