काठमाडौं, पुस २२
मेरो लघुुवित्त वित्तीय संस्थाले स्वास्थ शिविर सञ्चालन गरेको छ । संस्थाले सिराहाको गोलबजारमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो । धनगढीमाई नगरपालिका कसाहामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा उक्त शिविर सम्पन्न गरेको हो । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय असनपुरका साथै आरके मेडिसिटी, धनगढीमाई नगरपालिका वडा नं. ६, ७ र ८ को संयुक्त आयोजनामा भएको शिविरमा तीन सयभन्दा बढीले लाभ लिएको मेरो माइक्रोफाइनान्सका अनुगमन अधिकृत सागर भण्डारीले जानकारी दिए ।
एकदिने स्वास्थ्य शिविरमा निशुल्क होलवडी चेकअप, स्तन तथा पाठेघरसम्बन्धी विभिन्न रोगहरूको टेष्ट गर्नुका साथै औषधि वितरण गरिएको भण्डारीले जानकारी दिए । शिविरमा नगरपालिकाका वडाध्यक्षहरूले एकदिने स्वास्थ्य शिविर आयोजनाले गरिब तथा विपन्न परिवारहरू लावान्भित भएको बताएका छन् । सो अवसरमा जनस्वास्थ्यसँग सम्बन्धित यस्ता कार्यक्रमहरूको आयोजनाले निरन्तरता पाउँदै जाने समेत बताए । आफ्नो वडाहरूले जनजीवनसँग सम्बन्धित यस्ता कार्यक्रमहरूमा साथ, सहयोग रहने बताएका थिए ।