काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले मंगलबार भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटीएम सेवा सुरु गरेको छ । यो नयाँ एटीएम सेवा थप भएसँगै बैंकको एटीएम संख्या दुई सय छ पुगेको छ । सो एटीएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले बैंकका प्रदेश प्रमुख दुर्गाराज पाण्डेयकोे उपस्थितिमा उद्घाटन गरेका हुुन् । बैंकले भरतपुरस्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरूलाई लक्षित गरी सो एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।
सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ) एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटीएम कार्ड, चार सय ५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूनएओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।