काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत अपाङ्गता संरक्षण नेपाललाई एक सय ५० थान सेतो छडी हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक प्राडा हेमराज सुवेदीले एक कार्यक्रमका बीच उक्त सेतो छडी अपाङ्गता संरक्षण नेपालका प्रमुख विरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
बैंकद्वारा हस्तान्तरण गरिएको उक्त सेतो छडीले दृष्ट्रिविहीन व्यक्तिहरूलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।