काठमाडौँ । नेपाल सरकार र नेकपाको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मंगलबार वार्ता समिति गठन गरेका छन् । सरकारले वार्ताको लागि आह्वान गरेपछि विप्लव समूहले त्यसलाई सकारात्मक भनेको थियो । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली गरेसँगै मंगलबार नै विप्लब समूहले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको हो । विप्लवको वार्ता समिति सदस्यमा प्रेम चलाउने छन् । दुई वार्ता टोलीबीच बुधबार नै वार्ता हुने अनुमान गरिएको छ ।