काठमाडौँ ।
सामसङले आफ्नो पछिल्लो फ्ल्यागशिप एस सिरिजअन्तर्गत एस२१ प्लस तथा एस२१ अल्ट्रा बजारमा ल्याएपछि एस सिरिजअन्तर्गतकै आफ्नो अघिल्लो मोडेल एस२० प्लसको मूल्य घटाएको छ । कम्पनीका अनुसार एक लाख चार हजार नौ सय ९९ रुपैयाँ पर्ने एस२० प्लसमा १० हजार रुपैयाँ घटाएको हो । अब यो फोन ९४ हजार नौ सय ९९ रुपैयाँमा पाइनेछ । यो अफर मार्च महिना अन्तसम्मको लागि सीमित गरिएको कम्पनीको भनाइ छ । गत महिना सार्वजनिक गरिएको एस२१ प्लस तथा एस२१ अल्ट्रा अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि हालसम्म निकै रुचाइएको कम्पनीले जनाएको छ । (आर्थिक दैनिकबाट)