काठमाडौँ । महिला कर्मचारीमाथि दुव्र्यवहार आरोपमा पक्राउ परेका रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ल धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा तीन हजार रुपैयाँ धरौटी रकम बुझाएर मल्ल छुटेको प्रहरीले जनाएको छ । उनीविरुद्ध कम्पनीकै महिला कर्मचारीलाई शारीरिक दुव्र्यवहार गरेको आरोप लागेको थियो ।