स्याङ्जा ।
जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाको अध्यक्षमा रविन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् । संस्थाको आठौं वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा यज्ञप्रसाद पाठक, सचिवमा अच्यूतप्रसाद पोखरेल, कोषाध्यक्षमा लेखबहादुर केसी चयन भएका छन् । यस्तै सदस्यहरूमा यादवराज शर्मा, अमृत नेपाली थापा, तारा केसी अर्याल, अर्जुन सुवेदी र नारायणसिंह थापा चयन भए । लेखा समितिको संयोजकमा मुक्तिराम पाण्डे तथा सदस्यहरूमा नवराज शर्मा र कृष्ण डुम्रे सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।
नवनिर्वाचित सञ्चालक र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरूलाई जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले शुक्रबार शपथग्रहण गराएका थिए । संघको आठौँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रम फागुन १८ गते सम्पन्न भएको थियो । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले गरेका थिए ।