नयाँ दिल्ली ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गरेका छन् । त्यसका लागि दुई उपाय भएको उनको भनाइ छ । प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताए । ‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत सम्बोधन गर्दै उनले जलवायु परिवर्तनविरुद्ध लड्नु सबैको साझा दायित्व भएकोमा पनि जोड दिए । ‘
भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ’, प्रधानमन्त्री मोदीले भने । अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पु-याउने लक्ष्य लिइएको पनि उनले जानकारी दिए । उनले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सवैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको बताए । ‘कतिपय त्यस्ता व्यवहारले जलवायु परिवर्तनलाई सहयोग गरेका छन्, हाम्रा कतिपय त्यस्ता परम्परागत वा अहिले गरिरहेका व्यवहारमा परिवर्तन आवश्यक छ’, उनले भने । रासस/एएनआई